साताको तेस्रो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्जमा अबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ बिन्दुमा पुगेको छ।
यो अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशत बढी हो ।
आज ३४९ कम्पनीका १ करोड ५४ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ५७ हजार ३८१ पटकको कारोबारबाट ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
