आज असार १५ को रौनक सबैलाई लागेको छ । यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ ।
असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो ।
स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, यसअर्थमा ईरान र देवनागिरी लिपीसँग पुरानो समबन्ध रहेको पुष्टि हुन्छ ।
असार शब्दको पृष्ठभुमीले पनि एउटा प्रमाण ईरानतर्फ देखाएको छ । अर्कोतर्फ ईस्लाम धर्ममा दिनन्हु गरिने ५ प्रार्थनामध्य एउटालाई अस्र भनिन्छ । ईजिप्ट भन्ने देशमा चाँही मृत्यूका देवतालाई ओसरिस असार भनिने रहेछ।
जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन्, धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ ।
असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है ।
सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ है ।
हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ ।
तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।
यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ ।
घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ ।
आषाढेको झरिले धानको रोपाईं राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एकअर्कासँग माया प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस ।
घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन् ।
आषाढे पन्ध्रको सबैलाई शुभकामना