गोल्यान ग्रुप अन्तर्गत सञ्चालनमा रहेको रिलायन्स स्पिनीङ मिल्सको आइपिओ द्रोसो चरणमा पुग्न सकेको छैन।
पाटन उच्च अदालतले प्रक्रिया रोक्न नपाउने आदेश दिए पनि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पहुँच र पदको दुरुपयोग गर्दै १,००० जनाको रोजगारी सिर्जना हुने र ४०० करोड वैदेशिक आम्दानी थपिने योजनामा ब्रेक लगाएका छन्।
श्रेष्ठले निकट सम्बन्ध भएका कम्पनीहरूलाई सजिलै आईपीओ जारी गर्न मिलाएर, ट्रेड टावर र विकास हाइड्रो जस्ता कम्पनीलाई फाइदा पुर्याए पनि, प्रतिष्ठित तथा धेरैको रोजगारी रहेको रिलायन्सलाई स्पिनिङलाई मुद्दा र प्रक्रिया रोकेर थिचोमिचो गरेका छन्।
सन्तोष श्रेष्ठ आफ्नो गिरोहको सेवा गर्न व्यस्त छन् जसले केवल आफ्नो खल्ती भर्न चाहन्छन् र भ्रष्ट नीति निर्माताहरूलाई फेरि गिरोहको खल्ती भर्न मद्दत गर्छन्। यो दुष्टचक्रलाई रोक्नु पर्छबोर्डले निष्पक्ष नियमनको सट्टा निजी कम्पनीजस्तो व्यवहार गरेपछि व्यवसायीहरू आक्रोशित छन्। रिलायन्स स्पिनिङ मिल्सले हजारौँको सङ्ख्यामा रोजगारीको सिर्जनाका साथसाथै ठुलो मात्रामा धागो निर्यात गरिरहेको छ ।