कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । आलम केही दिन अघिमात्र सफाई पाएर जेलमुक्त भएका थिए । उनी जेलमुक्त भएपछि चौतर्फी विरोध भइरहेको छ ।