काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले आइतबार सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा ५० मिनेट भित्र ३–० को अग्रता बनाएपनि रियलले दोस्रो हाफमा दुई गोल व्होरेको थियो ।
अर्दा गुलरले ३३औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले ३९औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।