अन्तिम बलमा रोमाञ्चक जित निकाल्नै गुजरात टाइटन्स् आइपिएल २०२५ को शीर्षस्थानमा उक्लिएको छ । मुम्बई इन्डियन्स्लाई मंगलबार तीन विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको छ । ११ खेलमा १६ अंकका साथ गुजराज अकंतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
पहिले ब्याटीङ गरेको मुम्बईले १५५ रन बनाएको थियो । जवाफी ब्याटीङको क्रममा वर्षाले खेल अवरुद्ध भएपछि १९ ओभरमा छोट्याइएको थियो । १९ ओभरमा गुजरातले १४७ रनको लक्ष्य पाएको थियो । अन्तिम ओभरमा सात विकेट गुमाउँदा १५ रन तर अन्तिम बलमा एक रन चाहिएको अवस्थामा गुजरातले जित निकालेको हो ।
हारका बाबजुत मुम्बइको प्लेअफमा पुग्ने सम्भावना अझै बलियो छ। १२ खेलमा सात जित निकालेको मुम्बई १४ अंगसहित अंकतालिकाको चौथो स्थानमा छ।