एनआइसी एसिया बैंक स्थापनाको २८ वर्षमा : बैंकद्वारा सबैमा आभार व्यक्त

nic asia एनआइसी

एनआइसी एसिया बैंकले सोमबारदेखि स्थापनाको २८ वर्ष पूरा गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने यात्रामा समर्पित बैंकले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ ।

यस यात्रामा ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न योगदान दिने ग्राहक, नियामक निकाय, सेयरधनीलगायतमा बैंकले आभार प्रकटसमेत गरेको छ । आभा, बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै ग्राहकको पहिलो रोजाइ बन्ने प्रतिबद्धतासमेत जनाएको छ ।

बैंकले हाल देशभरका तीन सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, एक सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

तस्बिर : हिमालयन टाइम्स अग्रेजी