गण्डकी कप महिला फुटबल प्रतियोगिता असार अन्तिममा

पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत मिति दिएको छ ।
एन्फाले गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखि साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् ।