भारतीय स्टार ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय रोहितले बुधबार ह्वाइट बल क्रिकेट छाड्ने घोषणा गरेका हुन्। गत घरमै भएको न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज र अस्ट्रेलिविरुद्धको बोर्डर–गास्कर ट्रफीम खराब प्रदर्शन गरेपछि रोहितले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुपर्ने धेरैले धराणा राखेका थिए।
यसअघि नै टि–२० क्रिकेटबाट सन्न्यास लिइसकेका रोहित एकदिवसीय क्रिकेटमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छन्। यो घोषणाले विश्व क्रिकेटमा ठूलो चर्चा उत्पन्न गरेको छ, किनकि रोहित भारतीय टेस्ट क्रिकेटका प्रमुख खेलाडी र कप्तान थिए।
सन्न्यासको घोषणा गर्दै रोहितले टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्नु सम्मानको कुरा भएको बताएको छन्। नयाँ पुस्तालाई अवसर दिन सन्न्यास लिएको उनले बताएका छन्।