सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा आज (शनिबार) अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रहरीका अनुसार बिरामीका लागि गाडीमा […]