पुष्पराज पाण्डेयको ‘किनार’ लोकार्पण : भूगोल, भाषा र परिवेश जीवन्त प्रस्तुत भएकोमा प्रशंसा
काठमाडौं । साहित्यकार पुष्पराज पाण्डेयद्वारा लिखित कथासङ्ग्रह ‘किनार’को आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच लोकार्पण गरिएको छ। उक्त कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो। कृतिमाथि आफ्नो धारणा राख्दै ‘किनार’ कथासङ्ग्रहका सम्पादक, कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले ‘किनार’ नेपाली साहित्यिक बजारका लागि एक ओजिलो उपलब्धि भएको बताए। उनले पाण्डेयका कथामा सामाजिक यथार्थ र मिथकीय […]