नारामा सीमित नारी दिवस : चन्द्रपुरका महिला श्रमिकलाई ‘समान ज्याला’ सपना मात्र
रौतहट । मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सहरका सुविधायुक्त होटेल र हलहरूमा ‘महिला सशक्तीकरण’ र समान अधिकारुका नारा घन्किरहँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन एउटा घरको जगमा पसिना बगाइरहेका महिलालाई भने यो दिवसले छुन सकेको छैन । उनीहरूका लागि ‘नारी दिवस’ शब्द केवल एउटा अपरिचित ध्वनि मात्र बनेको छ । […]