सिटिजन लाइफको गम्भीर रोग बीमालेखमा ५० लाख रुपैयाँसम्मको सुरक्षा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमालेखसँगै गम्भीर रोगबाट हुने आर्थिक जोखिमलाई सम्बोधन गर्ने गरी ‘क्रिटिकल इलनेस राइडर’ सुविधा उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत बीमितलाई तोकिएका गम्भीर रोगमध्ये कुनै रोगको निदान भएमा सम्झौताअनुसारको बीमाङ्क रकम एकमुष्ट भुक्तानी गरिने व्यवस्था छ। कम्पनीका अनुसार यस्तो सुविधाले गम्भीर रोगको उपचारका क्रममा उत्पन्न हुने अतिरिक्त आर्थिक भार […]