सडक अवरुद्ध हुँदा किसानलाई सास्ती- दशैंमा भेडाच्याङ्ग्रा बेच्न मुगुबाट ३६ दिनमा म्याग्दी आइपुगे व्यवसायी
दशैंका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय लगाएर बजारसम्म आइपुगेका उनीहरूलाई अब भेडाच्याङ्ग्रा समयमै बिक्री गर्न पाइने हो कि होइन भन्ने चिन्ताले सताएको छ। मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय […]