पूर्व अर्थमन्त्री पौडेल जोडिएको मुद्दामा अन्य कम्पनीको सम्पत्ति जफत गर्न माग
पूर्व अर्थमन्त्री-एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेको हो। अभियोगपत्रअनुसार कम्पनीतर्फ इन्फिनिटी होल्डिङ्स, हिमालयन एसेस्ट म्यानेजमेन्ट, फेवा डेभलपर्स, बेगनास डेभलपर्स, रिजेन्ट कोर्ट, अल्फा डेभलपर्स, श्रीनगर डेभलपर्स, डेल्टा डेभलपर्स, लेखनाथ डेभलपर्स […]