पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएकाले एसएसपी खड्कासँग स्पष्टिकरण
राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो । ‘एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरिएको हो’, आयोगले उल्लेख गरेको छ […]