वर्षाका कारण दुई जनाको मृत्यु, २९ वटा सडक अवरुद्ध
वर्षाका कारण आएको बाढीपहिरो र हावाहुरीका कारण देशभरमा दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । एक जना घाइते र पाँचवटा घरमा क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार शुक्रबार आएको वर्षाका कारण देशका विभिन्न भागमा सो क्षति भएको हो। मृत्यु हुनेमा धादिङका एक जना र […]