कारोबार हुने साताको दोश्रो दिन नेप्सेमा दोहोरो अंकले वृद्धि

साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.७२ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४ सय ३१ कित्ता शेयर ६१ हजार ५ सय ७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १ उपसमूहको परिसूचक घटेको को छ। १२ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूकको परिसूचक सबैभन्दा धेरै ३.८४ प्रतिशतले बढेको छ।