चट्याङ लागेर झापामा एकजनाको मृत्यु

झापाको गौरीगन्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चट्याङले लागेर गौरीगन्ज-३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको मृत्यु भएको हो।

भोजपुरको आमचोक-९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्थे।

आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।