साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २४.६३ अंकले घटेर बन्द भएको थियो।
आज नेप्सेमा २ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी १७ कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ६२ कम्पनीको ९४ लाख ४७ हजार ६ सय ७८ कित्ता सेयर ५६ हजार ८ सय ५० पटक किनबेच भएको छ। आज ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ।
आज स्नो रिभर्स लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै २.६० प्रतिशतले बढेको छ।
