यो साताको अन्तिम कारोबारमा नेप्से ४.६६ अंकले उकालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ४.६६ अंकले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १८ प्रतिशतले बढेर २ हजार ५४२. ७७ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल ३४६ कम्पनकिा ४० हजार ५२३ कारोबारबाट ३ अर्ब ४५ करोड ६५ लाख ८८ हजार ५९ रुपैयाँ बराबरका १ करोड २१ लाख ४७ हजार ३९३ कित्ता शेयर किनबेच भए ।

भोली शुक्रबार कृष्ण जन्माष्टमिको दिन सार्वजनिक बिदा भएकाले शेयर कारोबार यो साताको आज अन्तिम दिन हो ।