आजदेखि लगातार ५ दिन सार्वजनिक बिदा

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

आज शुक्रबारदेखि लगातार तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ।

भोलि शुक्रबार श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा छ। शनिबार र र आइतबार साप्ताहिक बिदा छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० को भोटेकोसी बाढीमा ज्यान गुमाउने नागरिकले ज्यान गुमाएको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

भदौ २२ गते सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त्यसैगरी भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले सार्वजनिक बिदा दिएको छ।

आजदेखि भदौ २३ गते मंगलबारसम्म बिदा भएकाले लगातार ५ दिन सार्वजनिक बिदा भएको हो ।