भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।
गङ्गा नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिक महत्वको सिमरियाघाटमा गङ्गास्नान र पूजाआजा गर्न आन्तरिक तथा विदेशी भक्तजन पुगेका छन् । घटस्थापनाको अवसरमा धार्मिक आस्था र परम्पराअनुसार गङ्गास्नान गर्न भक्तजनको आगमन बढेको हो ।
सिमरियाघाट हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित छ । यहाँ विभिन्न पर्व तथा धार्मिक अवसरमा गङ्गास्नान, पूजापाठ र धार्मिक अनुष्ठान गर्न श्रद्धालु आउने गर्छन् ।
घटस्थापनाको पूर्वसन्ध्यामा घाट क्षेत्रमा देखिएको भक्तजनको चहलपहलले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप उत्साहपूर्ण बनाएको छ । गङ्गास्नान गरी पूजाआजा गर्न आउने भक्तजनका कारण घाट क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ ।
धार्मिक आस्था, परम्परा र गङ्गाप्रतिको श्रद्धासँग जोडिएको सिमरियाघाटमा चाडपर्वका बेला नेपालसहित विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।

