नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओली सहित विभिन्न व्यक्तिको टिप्पणी

  • Clock icon
    २०८३ कार्तिक १८, बुधबार

एमाले अध्यक्ष केपी शर्मा- ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा.मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् ।

आज बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।’
ओलीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अबको समय राप्रपाको भएको दाबी गरे ।

उनले भने, ‘अबको समय राप्रपाको हो । आउने समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने बेला आएको छ । देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन पनि राप्रपा बलियो हुन जरुरी छ । त्यसैले पार्टीका नेता तथा कार्यकर्ता निराश नभई उच्च मनोबलका साथ अघि बढ्नुपर्छ ।’
यस्तै सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपी०लाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी भएको औंल्याए ।

उनले भने,‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएकाबेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाएको थियो । उक्त विषय अदालतसम्म पुगेको र पछि खरेल पुन:जिम्मेवारीमा फर्किएको नजिर छ,’ उनले अगाडि भने,‘कानुनी पाटो, पूरानो नजिर वा कानुनी वैधताको परीक्षण नै नगरी गरिएको निर्णयले गम्भीर दुर्घटना निम्ताउन सक्छ ।’