डडेल्धुरामा आज बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिका ५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ।
दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन्।
घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।
कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।