तिहारसँगै तरकारी र फलफूल महंगो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटबढ् भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। हिजो किलोको आठ रुपैयाँ बढेको रातो आलु आज थप महँगिएको छ।

केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५७, सानो लोकल गोलभेँडा ३६, टनेलको सानो गोलभेँडा ४४, रातो आलु ६४, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११६, स्थानीय काउली १२५, लाम्चो भन्टा ५७, डल्ले भन्टा ८६, तने बोडी १७२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ९०, लौका ८७, लोकल परबल १०४, घिरौँला १०४, डल्ले फर्सी ३६, पाकेको फर्सी ७०, कन्य च्याउ १५२, डल्ले च्याउ ३४८, कुरिलो ४७५, ब्रोकाउली २५० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६२, सानो लोकल गोलभेँडा २९, टनेलको सानो गोलभेँडा ४४, रातो आलु ६३, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर १२५, स्थानीय काउली १२५, लोकल बन्दा ५०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ८५, तने बोडी १७० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ९५, लौका ८५, लोकल परबल १०५, घिरौँला १०५, डल्ले फर्सी ३५, पाकेको फर्सी ७०, कन्य च्याउ १६०, डल्ले च्याउ ३४४, कुरिलो ४७६, ब्रोकाउली २५० रुपैयाँ प्रतिकिलो थियो।