काठमाडौ गोर्खाजविरुद्ध विराटनगर किंग्सको पहिले ब्याटिङ

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौ गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौका कप्तान करण केसीले टस जितेर बलिङ रोजेपछि विराटगगरले ब्याटिङ गर्ने भएको हो।

आजको खेलमा काठमाडौ गोर्खाजबाट करण केसी, भिम सार्की, रासिद खान, सन्तोष यादव, साहब आलम, देव शाह, साहिल पटेल, डेविड वार्नर, सहान, विलियम बसिस्टो, जनादन खानले खेल्दै छन्।

त्यसैगरी विराटनगर किंग्सबाट सन्दीप लामिछाने, लोकेश बम, बसिर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सेहनान जयसुर्या, एंगेलो म्याथुज, आन्द्रे रसेल, शुभम रन्जाने प्लेइङ ११ मा छन्।