यम पञ्चक अर्थात् तिहार हिजो बिहीबार नै सकिएको भए पनि आज शुक्रबार तिहारकै नाममा सरकारले सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख छ।
तिथि घटबढ हुँदा तिहार बिदा लम्बिएको हो। यसअघि लक्ष्मीपूजा र भाइटीकाकै बीचमा ९कात्तिक ४ गते०पनि एक दिन बिदा थपिएको थियो। कुनै पर्व नहुँदा पनि गएको मंगलबार तिहारको सार्वजनिक बिदा थियो।
गत सोमबारदेखि बन्द भएका सरकारी कार्यालय अब पर्सी अर्थात् आगामी आइतबारदेखि मात्र खुल्ने भएका छन्।
