सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग-एनपीएल दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य छ ।
उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।







