पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका- ८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय भएको छ।

आज बिहीबार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यो सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीचबाटोमै रोकिएका छन्। कान्ति लोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने छोटो दुरीको मार्ग हो।