काठमाडौँ प्रवेश गर्ने ३ वटै मुख्य राजमार्ग अवरुद्ध
बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक खण्ड अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सातवटा राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र आंशिकरुपमा यातायात सञ्चालन भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले सडक एकतर्फी […]