आजपनि शेयर बजारमा नेप्से र रकममा वृद्धि

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुच आज केही सुधार देखिएको छ।

साताको तेश्रो दिन आज शेयर बजारमा दोहारो वृद्धि

यो साता दैनिक ३ अर्बको हाराहारीमा कारोबार हुँदै आएको बजारमा बुधबार भने ४ अर्ब माथिको कारोबार भएको हो।
आज नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा बन्द हुँदा अधिकांश समूह का सूचक बढ्न पुगेका छन्। यो दिन होटल, नीर्जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहको सूचक बढेका छन्।

कम्पनीगत रुपमा भने यो दिन १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०४ वटाको मूल्य घटेको छ।

बढ्नेमा आज स्वस्तिक लघुवित्त अगाडि छ। यो कम्पनीको शेयरमा १० प्रतिशतको बृद्धि सँगै सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको ९.९९ प्रतिशतले मूल्य बढेको हो।

यस्तै घट्नेमा भने बाराही हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा आज नकारात्मक सर्किट लागेको हो।

यो साताकै धेरै कारोबार भएको यो दिन लगानीकर्ताले भने युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार गरेका हुन्। यो कम्पनीको २२ करोडको कारोबार भएको हो।