इराकबाहेक सबै देशमा श्रम स्वीकृत खूला

सरकारले इराकबाहेकका देशमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खूला गरेको छ।

पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा गएको फागुन १७ को निर्णयबमोजिम अस्थायीरूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो।

इराकबाहेक अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

२०८२ फागुन १७ गते सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।