साताको पहिलो कारोबार दिन आज आइतबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०३ अंकले घढेर २७३०.९१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०७ अंकले घटेर २७३१.९४ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय ४ कित्ता शेयर ४३ हजार ३ सय ९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै इङ्गवा हाइड्रोपावर लिमिटेड मूल्य ८.४२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेड ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६९ प्रतिशत घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।
