थाइल्यान्डबाट टिकटकर तुलसालाई गिरफ्टार गरि नेपाल ल्याइयो

सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघात कसुरमा प्रहरीले खोजी गरिरहेकी तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्। सामाजिक सञ्जालमा भने उनले ‘तुलसा’ नामबाट कारोबार गरिरहेकी थिइन्।

प्रहरीको इन्टरपोल शाखाको सहयोगमा थाइल्यान्डमा पक्राउ गरिएकी अधिकारीलाई गएराति काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइएको प्रहरीले जनाएको छ ।

राति १ बजेतिर अधिकारीलाई त्रिभुवन विमास्थलबाट जिम्मा लिएर प्रहरी परिसर ललितपुरमा राखिएको हो ।

आज आइतबार सार्वजनिक बिदा परेकाले उनलाई भोली सोमबार जिल्ला अदालत ललितपुरमा पेस गरिने कार्यक्रम रहेको छ ।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी कसुरमा सातदोबाटो प्रहरीबाट उनीविरुद्ध अघि बढाइएको मुद्दा अदालतमा दर्ता भइसकेको छ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। हनी ट्र्यापु र ठगी कसुरमा एक जना पीडितले जाहेरी दिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो।

तुलसाविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको थियो।

अनुसन्धान क्रममा उनको बैंक अकाउन्ट जाँच गर्दा ठूलो रकमको कारोबारको विवरण प्रहरीले पाएको थियो। त्यसपछि ललितपुर प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको क्षेत्रमा पनि अनुसन्धान अघि बढाएको थियो।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए।

 

 

 

नेपालाखबरबाट साभार