फिफा विश्वकप-२०२६ इंग्ल्यान्ड र घानाको गोलरहित बराबरी

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्।

यो खेलपछि दुवै टोलीको समान ४ अंक जोडेका छन्।

घानाले आफ्नो पहिलो खेलमा पानामालाई १ गोलले हराएको थियो भने इंग्ल्यान्डले अघिल्लो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो