हिजो दोहोरो अंकले घटेको नेप्सेमा आज सुधार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा आज बिहिबार केहि सुधार आएको छ ।

हिजो १३ दशमलब ९५ अंकले घटेको बजार परिसुचक कारोाबार हुने साताको चौथो दिन आज १४ दशमलब १७ अंकले वृद्धि भई २ हजार ७२६ दशमलब ७२ बिन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५२ प्रतिशतले बढी हो ।

कूल ३३८ कम्पनीको ५७ हजार ७८२ काराबारबाट ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँ बराबरका १ करोड ७७ हजार २२२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।