कारोबार हुने साताको दोश्रो दिन आज नेप्से बढ्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज सामान्य बढेको हो।

आज मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले ओरालो लागेका छन्।

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत सोमबार ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८९ करोड ८५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ।

कुल ३४१ स्टकको ४८ हजार २२२ पटकको कारोबारमा ७६ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी १२ उपसमूह बढेको छ।