कारोबार हुने साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढावा

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ।

आज सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा पुगेको पुगेको थियो।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ४.४६ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले बढेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ८२ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

कुल ३५२ स्टकको ५० हजार ७८९ पटकको कारोबारमा ९२ लाख ८५ हजार ६ सय ३१ कित्ता सेयर खरिदबिक्री भएका छन्। पियोर इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी ११ उपसमूह बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २।०५ प्रतिशत बढेको छ।