मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गत राति मंगलबार भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार गए राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५।३ म्याग्निच्युडको भूकम्प गएको हो।
जसको धक्का काठमाडौँमा पनि हल्का महसुस भएको उनले ट्याक्सखबरलाई जानकारी दिए।
