विदेशबाट प्रधानमन्त्री आए,कार्यवाहक गए

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार गएका छन् । उनी एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन साँझ ७ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री वाग्ले भ्रमण सकेर आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनी आज दिउँसोसम्म कार्यवाहक प्रधानमन्त्री थिए ।

प्रधानमन्त्री बालेन्द्र शाह-बालेन संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन गएपछि अर्थमन्त्री वाग्ले आज दिउँसो प्रधानमन्त्री स्वदेश नफर्केसम्म कार्यवाहक प्रधानमन्त्रीको भूमिकामा थिए । प्रधानमन्त्री पनि कतारको राजधानी दोहा हुँदै सोही एअरवेजको उडानमा आज अमेरिकाबाट काठमाडौं आएका हुन् ।

अर्थमन्त्री दोहाबाट फर्केपछि असोज अन्तिम साता विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन थाइल्याण्डको राजधानी बैंकक जानेछन् । बैंक र कोषको वार्षिक बैठक यस पटक वाशिङटनको सट्टा बैंककमा हुँदैछ ।