आज एमाले केन्द्रीय सदस्यमा शृजना राई सहित १३ जना मनोनीत

आज नेकपा (एमाले)को केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन्।

आज शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत गर्नका लागि राखेको प्रस्ताव स्थायी कमिटी बैठकले पारित गरेको हो।

एमालेको केन्द्रीय कमिटीमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी मनोनीत भएका हुन्।

अन्य एजेन्डाका बारेमा अर्को बैठकमा टुंगो लाग्ने सचिव बस्नेतले बताए। यससँगै एमालेको स्थायी कमिटी बैठक सकिएको छ।