कात्तिक २१ गते ‘मनबिनाको धन’ रिलिज हुँदै

गायक टंक बुढाथोकीको फिल्म ‘मनबिनाको धन’को प्रदर्शन मिति तोकिएको छ।

यो फिल्म कात्तिक २१ गते देशभर रिलिज गरिने भएको हो।

फिल्ममा बाल गायक अशोक दर्जी मुख्य भूमिकामा छन्।

अन्य कलाकारमा नीता ढुंगाना, सरोज खनाल, सन्तोष पन्त, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, रमा थपलिया, रमेश विश्वकर्मालगायत छन्।

विष्णु माया मैनाली निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

पाँच वर्षअघि रिलिज भएको हिट गीत ‘मनबिनाको धन ठूलो कि’ गीतकै शीर्षकमा फिल्म बनाइएको हो।

यसै गीतको भावमा फिल्मको थिम तयार पारिएको छ। यो गीतमा अशोक र टंक दुवै फिचर्ड थिए।