आईपीयू महासभामा नेपालको जलवायु संकट उठाउँछौँ : सभामुख अर्याल
काठमाडौं । सभामुख डीपी अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले भोगिरहेको विपद् र जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रियस्तरमा जोडदार रूपमा उठाउने बताएका छन्। आईपीयू महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्नुअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्यालले नेपाल कार्बन उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने […]