निर्यातमा स्वदेशी पहिचानको उछाल
काठमाडौं । नेपालको वैदेशिक व्यापार सामान्यतः आयातमुखी देखिए पनि केही स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूले भने अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य प्रगति गर्दै निर्यातमा सकारात्मक संकेत दिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ९ महिनाको तथ्यांकअनुसार गलैँचा र अलैँचीजस्ता प्रमुख निर्यातयोग्य वस्तुले मात्र करिब १६ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा भित्र्याएका छन् । […]