एसईई विद्यार्थीका लागि टेलिकम अफर
काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर आज (चैत २६ गते)देखि लागू भई २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ। यसअन्तर्गत विद्यार्थीहरूका लागि नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि सोही नम्बरमा सेवा लिन सक्नेछन्। […]