राष्ट्रपति पौडेल निवासमा आगजनी
राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो । हिजो सोमबार जेन-जीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् । जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।