रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री
रौतहट । मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ । सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् । नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भएपनि व्यापारीहरूले […]