प्रशासनिक सुधारमा नयाँ गति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले प्रशासनिक संयन्त्रमा ठूलो सुधार अभियान अघि बढाएको छ । सरकारले ल्याएको नयाँ अध्यादेशमार्फत विभिन्न सार्वजनिक निकायमा राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी एकैपटक पदमुक्त भएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै पदमुक्त प्रक्रियाले औपचारिकता पाएको हो […]