‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकार झन् नाङ्गियो’-श्रम संस्कृति पार्टी
श्रम संस्कृति पार्टीले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । उक्त विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे । […]